वाम शिक्षक संगठनको उत्तरकन्या अभियानलाई केन्द्र गरेर उतप्तको माहौल

सिलगढी : विविध मागलाई लिएर वाम शिक्षक संगठन एबीटीए र एबीपीटीए-को उत्तरकन्या अभियानलाई पुलिसले रोकिदिँदा प्रदर्शनकारी र पुलिसमाझ हातापाई भयो। परिस्थिति नियन्त्रणमा ल्याउनको लागि पुलिसले वाटर क्याननको प्रयोग गरे। राष्ट्रिय शिक्षा नीति 2020, सबै बकया राशि प्रदान गरिनुपर्ने लगायत केन्द्रीय दरमा डीए प्रदान गरिनुपर्ने आदि जस्ता माग गर्दै वाम शिक्षक संगठन एबीटीए र एबीपीटीए-का सदस्यहरूले आज सिलगढीको नौकाघाटबाट उत्तरकन्या अभियान चलाए। उक्त र्‍याली अवधि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो। उक्त र्‍याली तीनबत्ती मोड नजिक आइपुगेपछि पुलिसले ब्यारिकेड लगाएर र्‍यालीलाई रोकिदिँदा पुलिस र प्रदर्शनकारीमाझ हातापाई भएको बताइएको छ। घटनालाई लिएर चारैतिर रणभूमिको स्थिति सिर्जना भएपछि परिस्थिति सामान्य बनाउन पुलिसले पानीको फोहोराले प्रहार गर्यो। यसपछि संगठनका केही सदस्यहरूको एउटा प्रतिनिधि टोली उत्तरकन्या गएर ज्ञापन पत्र चढायो। यसपछि वाम शिक्षक संगठनका सदस्यहरूले तीनबत्ती हिन्दी जुनियर स्कुल मैदानमा एउटा सभाको आयोजना गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *