खोरीबारी : भाजपाले डाकेको 12 घण्टा उत्तरबंग बन्द अवधि आज खोरीबारी पानीट्याङ्कीमा भाजपाका बन्द समर्थकहरू अनि तृणमूलमाझ तनाउ देखापर्यो। बन्दको समर्थनमा आज भाजपाका समर्थकहरूले तृणमूल कर्मीको दोकान बन्द गर्न जाँदा उत्तेजनाको माहौल सृजना भयो। यस अवधि भाजपा समर्थकहरूले अभद्र व्यवहार गर्नको साथै हातापाई समेत गरेको आरोप रहेको छ। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याएको बताइएको छ।
