कालेबुङ (निसं): सिलगढीको मतिगढामा नाबालिग छात्रा हत्याकाण्डको प्रतिवाद जनाउँदै हत्यारालाई कठोर सजाय दिनु पर्ने मांगलाई लिएर आज शनिबार बिहान 6 बजीदेखि बोलाइएको पहाड बन्दको यता कालेबुङ शहरमा पनि व्यापक प्रभाव देखा परेको छ। आज बिहानैदेखि शहरका सबै दोकान-पाटहरू बन्द अवस्थामा रहेको छ। यसैगरी, शहरमा वाहनहरूको चलाचल खुबै कम्ती रहेको छ भने अति आवश्यक सेवाहरूका लागि भने बन्दबाट छुट रहेको छ। यसैगरी, कालेबुङमा प्रत्येक शनिवार लाग्ने हाट बजार पनि आज पूर्ण रूपले बन्द रहेको छ।
यहाँको एक मात्र एनबीएसटीसी बस टिकट काउन्टर खुल्लै रहे तापनि यात्रुहरू छैनन्। यसवाहेक अन्य सबै वाहनको टिकट काउन्टर बन्द अवस्थामा रहेको देखियो। स्मरण रहोस, कालेबुङ चालक महासङ्घले बन्दको विरोध जनाउँदै बन्द अवधि कालेबुङमा गाडीहरूको चलाचल खुल्ला राख्ने घोषणा गरे तापनि अधिकांश चालकहरूले यसलाई समर्थन गरेनन् तर सिलगढीमा भएको गोर्खे नाबालिका छात्रा हत्याको प्रतिवादमा तिनीहरूले आज एकदिन वाहन नचलाउने निर्णय लिएको देखियो।