सिलगढी : केन्द्रीय कृषि कानुन विरुद्ध तथा पारित कृषि कानुन रद्द गर्ने मागमा केही कृषक संगठनले आज देशव्यापी बन्दको आहवान गरेको छ। विभिन्न राजनीतिक संगठनहरूले पनि आजको बन्दलाई समर्थन जनाएको छ। आज बिहान सिलगढी सहरमा यसको प्रभाव देखापर्यो। बन्दको समर्थनमा सीपीआईएमले एनजेपीबाट एउटा र्याली निकालेर यहाँको विभिन्न इलाकाको परिक्रमा गर्यो।