बंगाल-बिहार सीमाबाट नाका चेकिङ अवधि 5 लाख रुपियाँको अवैध मादक पदार्थ जफत

खोरीबारी, 20 सितम्बर (निसं): बंगाल-बिहार सिमानाको खोरीबारी चक्करमारी चेक पोस्टमा पुलिसले नाका चेकिङ अवधि 93 कार्टुन अवैध रम-रक्सी उद्धार गरेको छ। यसको साथै एउटा पिकअप भ्यान पनि जफत गरेको छ। प्राप्त जानकारी अनुसार गोप्य सूत्रको आधारमा बिहिबार खोरीबारी थाना पुलिसले नाका चेकिङ अवधि एउटा पिकअप भ्यानलाई रोक्न साथ मौका हेरेर चालकले सुइँकुच्चा ठोके। यसपछि पुलिसले पिकअप भ्यानमा छानबिन गर्दा 93 कार्टुन अवैध रम-रक्सी उद्धार गरेको छ। पुलिस सूत्र अनुसार 93 कार्टुनमा लगभग 837 लिटर अवैध विदेशी रम-रक्सी सामेल रहेको छ। यसको अनुमानित बजार मूल्य लगभग 5 लाख रुपियाँ रहेको छ। एसडीपीओ नक्सलबारी विनोद बिहारी मीनाले भने, केही व्यवसायीहरूले यस प्रकारको व्यापर गरिरहेको छ। अवैध व्यवसायलाई रोक्नका लागि लगातार अभियान चलाइँदैछ। यसको साथै पुजाभन्दा अघि अझ व्यापक नाका चेकिङ साथै सुरक्षा व्यवस्था अप्नाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *