सिलगढी : बंगाल विधानसभामा आज बीरभूम हिंसाको विषयलाई लिएर भाजपा र तृणमूल कङ्ग्रेसका विधायकहरु माझ कुटाकुट साथै लुगा च्याताचात समेत भयो। भाजपा विधायक मनोज तिग्गालाई तृणमूल विधायकहरूले हातापाइ गरेर निकै कुटपिट गरेको बताइएको छ। उक्त घटनापछि भाजपा-का सबै विधायकहरुले संसदबाट वकआउट गरे। प्राप्त जानकारी अनुसार टीएमसी विधायक आसित मजुमदारको पनि नाकमा चोट लागेको छ भने तिनलाई उपचारको लागि एसएसकेएम अस्पतालमा लगिएको थाहा लगेको छ। विधानसभा अवधिमा भएको उक्त कुटपिटको घटनापछि 5 जना भाजपा विधायकलाई सस्पेन्ड गरिको छ, जसमा शुभेन्दु अधिकारी, मनोज तिग्गा, शंकर घोष, दीपक बरमन र नरहारी महतो सामेल छन्।
