सिलगढी: बंगाल बोर्डको बाह्रौँ श्रेणीको परीक्षाको रिजल्ट आगामी 24 मईको दिन 12 बजी प्रकाशित गरिने भएको छ। विद्यार्थीहरूले उक्त दिनकै 12.30 बजेदेखि विद्यार्थीहरूले वेबसाइट, एसएमएस तथा मोबाइल एप मार्फत रिजल्ट हेर्न अथवा डाउन लोड गर्न सक्ने छन्। यसबारे आज पश्चिम बंग काउन्सिल अफ् हायर सेकेन्डरी एडुकेसनको बैठक पछि एउटा विज्ञप्ति जारी गरेर जानकारी गराएको छ। यसको साथै विद्यार्थीहरूले आ-आफ्नो मार्कसिट तथा पास सर्टीफिकेट 31 मईको दिन 11 बजेदेखि राज्यको प्रत्येक स्कुलहरूबाट लिन सक्ने बताइएको छ।
