बङ्गालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको 80 वर्षको उमेरमा निधन

कोलकाता : पश्चिम बंगालका पूर्व मुख्यमन्त्री तथा सीपीआई (एम) नेता बुद्धदेव भट्टाचार्यको आज बिहिबार निधन भयो। पूर्व मुख्यमन्त्रीले 80 वर्षको उमेरमा कोलकातास्थित घरमा अन्तिम श्वास फेरे।  सीपीआई (एम) का राज्य सचिव मोहम्मद सलीमले तिनको मृत्यु भएको खबर पुष्टि गरेका छन्।


बुद्धदेव भट्टाचार्य बढ्दो उमेरले गर्दा विभिन्न विमारीहरूले पिडित थिए।  तिनलाई श्वास फेर्न धेरै असुविधा भइरहेको थियो। गत केही दिन अघि तिनलाई अस्पतालमा भर्ना पनि गरिएको थियो। यसको केही दिन पछि स्वस्थ भएपछि घर लगिएको थियो। बुद्धदेवले आफुपछि परिवारमा धर्मपत्नी मीरा अनि छोरी सुचेतनालाई छाडी गएका छन्। पूर्व सीएम बुद्धदेव भट्टाचार्यको निधनमा पश्चिम बङ्गालका मुख्यमन्त्री ममता ब्यानर्जीले गहिरो दु: व्यक्त गरेकी छन्।  

स्मरण रहोस, बुद्धदेव भट्टाचार्यले सीपीआई (एम) को सरकारमा 2000 देखि 2011 सम्म 11 वर्ष बंगालमा मुख्यमन्त्रीको पद सम्हालेका थिए। यसभन्दा अघि 1977 देखि 2000 सम्म ज्योति बसुको नेतृत्वमा सीपीआई (एम) को सरकार थियो। लगातार 34  वर्ष सत्तामा रहेपछि 2011 मा तृणमूल काङ्ग्रेसले कम्युनिस्ट पार्टीलाई सत्ताबाट हटाएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet