बङ्गाललाई विभक्त गरेर गोर्खाल्याण्ड अथवा उत्तर बङ्गाल राज्य गठन गर्न दिइने छुइनँ : ममता ब्यानर्जी

अलिपुरद्वार : मुख्यमन्त्री ममता ब्यानर्जीले आज फेरि छुट्टै राज्य गोर्खाल्याण्डको विरोधमा बयान दिँदै आफू छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा नरहेको कुरा स्पष्ट रूपमा बताइन्। यसको साथै तिनले बङ्गाललाई विभक्त गर्ने भाजपाको षड्यन्त्रलाई कहिले पुरा हुन नदिने दावी गरिन्। उत्तर बङ्गालको तीनदिने भ्रमणमा हिजो आइपुगेकी मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जीले आज अलिपुरद्वारको परेड ग्राउन्डमा एउटा पार्टी सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उपर्युक्त मन्तव्य पोखेकी हुन्। यस अवसरमा तिनले भनिन्, भारतीय जनता पार्टीले 2019-को लोकसभा चुनाउअघि दार्जिलिङ पहाडको दीर्घकालीन राजनैतिक माग (पीपीएस) पुरा गर्छु भनेको थियो तर भाजपाले उक्त माग कहिले पुरा गरेन। म स्वयम् पनि राज्य विभाजनको पक्षमा रहेको छुइनँ। चाहे गोर्खाल्याण्ड होस् अथवा अलग राज्य उत्तर बङ्गाल, म यो कहिले हुन दिइने छुइनँ। म खुन दिन तयार छु तर बङ्गाललाई म कहिले भाग हुन दिइने छुइनँ भन्दै तिनले हुँकार गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *