बंगालमा हिन्दी फिल्म ‘द केरल स्टोरी’ माथि प्रतिबन्ध

कोलकता: पश्चिम बंगालमा हिन्दी फिल्म द केरल स्टोरीमाथि प्रतिबन्ध लगाइयो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले फिल्म द केरल स्टोरीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेकी छन्। यो फिल्मले पश्चिम बंगाल राज्यको शान्ति अनि व्यवस्थामा बाधित हुनसक्ने मुख्यमन्त्रीले आशंका व्यक्त गरेका छन्। यसको साथै तिनले राज्य सरकारको तर्फबाट एउटा विज्ञप्ति जारी गरेर यदि कुनै पनि सिनेमा हलमा यो फिल्म प्रदर्शन गरेको खण्डमा कार्वाही गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *