सिलगढी : सिलगढी नजिक सालुगढास्थित बंगाल सफारी पार्कमा रहेका सचिन नाम गरेको एउटा वयस्क चितुवाको मृत्यु भएको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार उक्त सफारी पार्कमा विभिन्न प्रजातिका मोठ 5 वटा चितुवा क्रमैले सचिन, सौरभ, सिम्बा, शीतल र काजल छन्। ती चितुवाहरूमध्ये सचिन नाम गरेको चितुवा हिजो हृदयघातको कारण मरेको बताइएको छ। बंगाल सफारी पार्कका डीएफओ बादल देवनाथले बताएअनुसार गत 7 दिनदेखि सचिन अस्वस्थ्य रहेको कारण खाना-पीना समेत कम्ती खाने गरेकोले गर्दा चिकित्सकहरूको देखरेखमा चितुवा सचिनको हेरचाह गरिरहेको थियो। तर हिजो अचानक हृदयघातको कारण चितुवा सचिन मरे तापनि सचिनको शरीरको नमुना जाँचको लागि कोलकाता पठाइएको छ। स्मरण रहोस्, खयेरबाड़ी ब्याघ्र पुनर्वासन केन्द्रबाट सचिनलाई ल्याइएको थियो। गत 1 जनवरी 2019 –मा नर्थ बंगाल वाइल्ड एनिमल पार्क बंगाल सफारीबाट सचिन भागेको थियो।