बंगाल-सिक्किम माझ नयाँ ऐतिहासिक ट्रान्सपोर्ट एग्रीमेन्ट-मा हस्ताक्षर, पर्यटकहरूले अब एउटै टुरिस्ट परमिटमा घुम्न पाउने

सिलगढी: बंगाल -सिक्किम सरकार माझ धेरै समयदेखि थाँतीमा रहेको सप्लीमेन्ट्री–बारे ट्रान्सपोर्ट एग्रीमेन्ट रिन्यू गरियो। दुवै राज्यका परिवहन मन्त्रीहरूले पुरानो एग्रीमेन्टलाई नयाँ प्रकारले तयार गरेर फेरि नयाँ ट्रान्सपोर्ट एग्रीमेन्ट-मा हस्ताक्षर गरेको छ। बंगालका परिवहन मन्त्री फिरहाद हकीम अनि सिक्किमका परिवहन मन्त्री सञ्जीत खरेलले नयाँ एग्रीमेन्टमा हस्ताक्षर गरेका छन्। बंगाल र सिक्किम माझ नयाँ ऐतिहासिक ट्रान्सपोर्ट एग्रीमेन्ट भएपछि पर्यटकहरूसितै पर्यटन व्यवसायीहरू पनि धेरै खुशी देखिन्छन्। स्मरण रहोस, वर्ष 2007 मा नै बंगाल -सिक्किम बीच ट्रान्सपोर्ट एग्रीमेन्टको समय सीमा समाप्त भएको थियो। यसपछि दुवै राज्य सरकारले वर्ष 2018-मा पुरानै एग्रीमेन्टलाई तत्कालको लागि सप्लीमेन्ट्री गरेकोले बंगाल र सिक्किम घुम्न आउने पर्यटकहरू लगायत पर्यटन व्यवसायीहरूले धेरै समस्या झेल्न परिरहेको थियो। वाहन चालकहरूमाझ दुवै राज्यको पुलिसद्वारा विभिन्न प्रकारले सताइरहेको आरोप समेत लगाइरहेको थियो। यसको साथै बंगालबाट घुम्न जाने पर्यटकहरूलाई सिक्किममा  प्रवेश गर्न अघि भिन्न-भिन्नै प्रकारले चेकिंग गर्ने गरिन्थ्यो। यसैले धेरै समय अघिदेखि चल्दै आइरहेको समस्या अब दुवै राज्य सरकारको सहमति पछि समाधान भएको देखिन्छ। आजदेखि सप्लीमेन्ट्री एग्रीमेन्टलाई नयाँ प्रकारले तयार गरेर लागू गरेपछि अब  बंगालबाट सिक्किम अथवा सिक्किमबाट बंगाल घूम्न आउने पर्यटकहरूको लागि एउटै टुरिस्ट परमिट हुनेछ।  एउटै परमीटले पर्यटकहरूले सबै पर्यटन स्थल घुम्न सक्ने बताइएको छ।  


नयाँ एग्रीमेन्ट हस्ताक्षर पछि बंगाल परिवहन मन्त्री फिरहाद हकीमले भने, यो नयाँ समझौता पर्यटन क्षेत्रको विकासमा धेरै महत्वपूर्ण रहेको छ। यसले पर्यटकहरूको संख्या अझ बढ्नेछ। यसको साथै पर्यटन व्यवसायीलाई पनि धेरै फाइदा हुनेछ। बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले यस क्षेत्रमा पर्यटन व्यवसायको विकासको लागि धेरै काम गरेकी छन्। यो नयाँ समझौताले पर्यटन व्यवसायमा बुस्टर डोज-को रूपमा काम गर्नेछ। मन्त्री फिरहाद हाकिमले अझ भने, नयाँ एग्रीमेन्ट-मा हस्ताक्षर भएपछि पर्यटक, पर्यटन व्यवसायीहरूका सबै समस्याहरू पनि समाधान भएको छ।

अर्कोतिर, सिक्किमका परिवहन मन्त्री संजीत खरेलले भने, ट्रान्सपोर्ट एग्रीमेन्ट धेरै समयदेखि थाँतीमा रहेको थियो। तत्काल सप्लीमेन्ट्री एग्रीमेन्टले गर्दा धेरै समस्या भइरहेको थियो। तर अब बंगाल र सिक्किमका मुख्यमन्त्रीको पहलमा यस एग्रीमेन्टलाई पुन: नयाँ प्रकारले शुरू गरिएको छ। यो धेरै राम्रो पहल हो।  यस पहलको लागि तिनले बंगालका मुख्यमन्त्री ममता ब्यानर्जी प्रति पनि आभार प्रकट गरेका छन्। यस अवधि दुवै राज्यका परिवहन विभागका प्रिन्सिपल सेक्रेटरी, दार्जिलिङ जिल्ला शासक, सिलगढी महकुमा शासक, नर्थ बंगाल आईजी, सिलगढी मेट्रोपलिटन पुलिस कमिश्नर, दार्जिलिङ एसपी सहित अन्य उच्च अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş