बङ्गलादेशमा अल्पसंख्यकमाथि अत्याचार गरेको विरोधमा ईस्ट बंगाल फ्यान क्लबको प्रदर्शन

सिलगढी, 10 दिसम्बर (निसं): बङ्गलादेशमा अल्पसंख्यकहरूमाथि भइरहेको हमला अनि अत्याचारहरूको विरोधमा सिलगढी ईस्ट बंगाल फ्यान क्लबको आयोजनामा सिलगढीकोमा गाँधी मूर्तिको नजिक विरोध प्रदर्शन गऱ्यो। बङ्गलादेशमा अल्पसंख्यकहरू माथि भइरहेको हमलाको विरोधमा मानिसहरूले आवाज उठाएका छन्। विभिन्न स्थानहरूको साथै सिलगढीमा पनि विरोध प्रदर्शन भइरहेका छन्। आज सिलगढीमा ईस्ट बंगाल फ्यान क्लबका कार्यकर्ता तथा समर्थकहरू एकजुट भएर उक्त विरोध कार्यक्रम गरे। यस अवधि ईस्ट बंगाल फ्यान क्लबका उपाध्यक्ष अनुप बसु लगायत अन्य सदस्यहरू उपस्थित थिए। ईस्ट बंगाल फ्यान क्लबका सदस्यहरूले भने, बङ्गलादेशमा अल्पसंख्यकहरू माथि हमलाहरू भइरहेको विरोधमा यो प्रदर्शन गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *