बङ्ग्लादेश भिसाको लागि सिलगढीमा खोलियो आवेदन कार्यालय

सिलगढी: बङ्ग्लादेश जानको लागि अबदेखि सिलगढीमा नै भिसा प्राप्त हुनेछ। यसभन्दा अघिसम्म बङ्ग्लादेश जानको निम्ति मानिसहरू कोलकाता अथवा अन्य ठाउँमा जान वाध्य थिए। सिलगढीको सेभोक रोडस्थित इन्टरनेशल मार्केटमा आजदेखि भिसाको लागि आवेदन गर्ने कार्यालय खोलिएको छ। उक्त कार्यालयमा गएर अबदेखि मानिसहरूले बङ्ग्लादेशको लागि भिसाको आवेदन गर्न सक्ने बताइएको छ। उक्त भिसा केन्द्र खोलिए पछि अब दुवै देशको पर्यटन पर्यटन क्षेत्रमा सुधार हुने सम्भावना बढेर गएको देखिन्छ। अर्कोतिर, चाँडै ढाका-एनजेपी ट्रेन परिसेवा पनि यहीं अप्रेल महिनादेखि सुरू हुने भएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *