बंग्लादेशी अनुप्रवेशकारी सहित कालियागञ्जका एकजना पक्राउ

सिलगढी, 24 जनवरी: फूलबारीको आमायदिघीबाट एकजना बंग्लादेशी अनुप्रवेशकारी सहित कालियागञ्जका एकजना वासिन्दालाई एनजेपी पुलिसले पक्राउ गरेको छ। पक्रा परेका बंग्लादेशी अनुप्रवेशकारीको नाम आताउर रहमान हो। उनी बंग्लादेशको ठाकुरगञ्ज जिल्ला निवासी हुन्।
जानकारी अनुसार, बंग्लादेशी नागरिकलाई भारतमा अवैध रूपले अनुप्रवेश गर्न सहायता गरेको आरोपमा हल्दीबारीका बिपुल अधिकारी संलग्न थिए। आताउरलाई कालियागञ्ज लिएर जानका लागि हल्दीबारीमा उनका आफन्त फिरदौस आलम पुगेका थिए।
हिजो तीनजना गाडीमा सवार भएर कालियागञ्जतर्फ गइरहेका थिए। तर, यसबारे गोप्य सूचना प्राप्त भएपछि एनजेपी पुलिसले आमायदिघी इलाकामा आइपुग्न साथ तिनीहरूलाई रोकेर सोधखोज गर्दा तिनीहरूको एकार्कासित कुरा मेल खाएन। त्यही समय, मौकाको फाइदा उठाएर बिपुल अधिकारी घटनास्थलबाट भाग्न सफल भए। त्यसपछि बंग्लादेशी आताउर रहमान र कालियागञ्जका फिरदौस आलमलाई पुलिसले पक्राउ गरेको छ। पक्रा परेका दुवै जनालाई आज जलपाइगढी अदालतमा पेश गरियो। घटनाको जाँच चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme BonuslarOnwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetholiganbet girişcasibom güncel adresionwinBETS 10pusulabet giriş