बङ्गला फिल्म ‘लुकोचोरी-को प्रिमियर शो मा अंशग्रहण गर्न बिक्रम राई कलकत्तामा, स्वास्थ्य सचिवलाई ज्ञापन

मङ्पु (निसं): वलीउड निर्देशक शिलादित्य मौलिकको निर्देशनमा बनिएको बङ्गला फिल्म ‘लुकोचोरी’ फिल्मको प्रिमियर शो कलकत्ताको सिनेमा घरमा एउटा भव्य कार्यक्रमबीच सम्पन्न भयो। उक्त कार्यक्रममा अंश ग्रहण गर्नका लागि निमन्त्रणा आएकोले दुई दिन अघाडी नै समाजसेवी बिक्रम राई कलकत्ता प्रस्थान भएका थिए। कलकत्ता पुगेर तिनले पहाड र आफ्नो क्षेत्रबाट कलकत्ताको विभिन्न अस्पतालमा उपचार चलिरहेका बिमारीहरू र अभिभावकहरूसित भेटघाट गरे। पहाडबाट गएका बिमारीहरूले कलकत्ताको सरकारी अस्पतालहरूमा भर्ना पाउनु पर्ने साथै अन्य उपचारहरूको निम्ति धेरै समस्याहरू भोग्न परिरहेको बिषय तथा पहाडको बिमारीहरूको निम्ति कलकत्तामा एउटा छुट्टै हेल्प डेक्स राखिदिने अनुरोध गर्दै बिक्रम राईले राज्य सरकारको मुख्य स्वास्थ्य सचिवलाई भेटेर मेमोरेन्डम पत्र चढाएका छन्। अर्कोतिर, मुख्य स्वास्थ्य सचिवले कलकत्ताको अस्पतालहरूमा निष्क्रिय रहेको सहायता केन्द्रहरूलाई पुन: सक्रिय बनाउनको साथै पहाडको निम्ति छुट्टै हेल्प डेक्स बिषयमा पनि सकारात्मक आश्वासन दिएको राईले जनाए।

यसरी नै कलकत्ताको सरकारी अस्पतालहरूमा पहाडका बिमारीहरूले भोगिरहेको समस्यालाई लिएर जोइन सेक्रेटरी बन्शिखा देवसित भेटेर चर्चा-परिचर्चा गर्दै मेमोरेन्डम पत्र दिएको पनि राईले जानकारी गराएका छन्। यसरी प्रिमियर शो-सँगै अन्याय कार्यक्रम लिएर कलकत्ता भ्रमणमा रहेका समाजसेवी बिक्रम राईले टलिहुटका सम्पूर्ण टोलीलाई बधाई दिँदै यसरी आफ्नो अनुरोधमा आफ्नो क्षेत्रमा फिल्म शुटिङ गर्दै स्थानीय कलाकारहरूलाई मौका दिएकोमा धन्यबाद दिएका छन्। भविष्यमा पनि टलिउड र बलिउडमा हाम्रो क्षेत्रको अब्बल कलाकारहरूलाई पनि मौका दिने आफ्नो अनुरोधलाई उक्त टोलीले स्वीकार गरिदिएकोमा खुशी व्यक्त गर्दै अब पुन:एउटा हिन्दी वेभ सिरिजको छायाँकन सिटोङको विभिन्न स्थानहरूमा गरिने निर्माता पार्थ पी.सितको भेटघाटमा निश्चित भएको राईले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes