सिलगढी,15 अप्रेल (निसं): आज बङ्ग्ला नयाँ वर्षको पहिलो दिन हो, जसलाई पहिलो बैशाख पनि भनिन्छ। सबै बङ्गाली समुदायले बङ्ग्ला क्यालेन्डरमा आज 1431 लाई विदाई दिए अनि 1432 लाई स्वागत जनाए। यसैगरी, सिलगढी नगर निगमको तर्फबाट आज बाघाजतिन पार्कमा एउटा रंगारंग कार्यक्रम आयोजित गरेर बङ्ग्ला नयाँ वर्षलाई स्वागत जनायो। आज कार्यक्रमको शुरुआतमा रवीन्द्रनाथ टेगोरको मूर्तिमा माल्यार्पण गरे। नयाँ सालको बिहान मंगल शोभायात्राको पनि आयोजना गरियो। उक्त शोभायात्रा बाघाजतिन पार्कबाट शुरू भएर शहरको विभिन्न मार्गहरूको परिक्रमा गरेपछि अन्तमा सूर्यसेन पार्कमा पुगेर यसको समापन गरियो। यस अवधि सिलगढी मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार, मेयर परिषदका सदस्य लगायत अन्य उपस्थित थिए।