सिलगढी : वनमहोत्सवको उपलक्ष्यमा पर्यावरण संरक्षणको सन्देश दिन एउटा ट्याबलोको आज उद्घाटन गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देवले हासमी चोकमा उक्त ट्याबलोको विधिवत् उद्घाटन गरे। उक्त ट्याबलो आगामी 7 दिनसम्म विभिन्न ठाउँमा घुमेर मानिसहरूलाई पर्यावरण संरक्षण, वृक्षरोपण, पर्यावरण प्रदूषणको रोकथाम लगायत विविध सन्देश दिनेछ। वनमहोत्सवको उपलक्ष्यमा राज्य वन विभागको तर्फबाट उक्त कार्यक्रमको आयोजना गरेको बताइएको छ।
