खोरीबारी : वाराणासीमा मुख्यमन्त्री ममता ब्यानर्जीलाई कालो झण्डा देखाएर गो ब्याकको नारा लगाएको विरोधमा आज खोरीबारी ब्लक तृणमूल कङ्ग्रेसले प्रतिवाद र्याली निकाल्यो। खोरीबारीको पार्टी कार्यालय अघिबाट एउटा र्याली निकालेर यहाँको बजार हुँदै बीडीओ कार्यालयमा पुगेर समापन गरियो। यस अवसरमा ब्लक सभापति हिरन्मय राय, युवा सभापति किशोरीमोहन सिंह, उपासु सिंह लगायत पार्टीका कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। यस विषयमा हिरन्मय रायले भने, भाजपाले विभाजन सृष्टि गर्ने प्रयास गरिरहेको छ। अखिलेश यादवले विधानसभा चुनाउमा पार्टीको समर्थन गरेकोले गर्दा मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तरप्रदेशमा चुनाउ प्रचार गरिरहेकी छन्। यदि फेरि यस प्रकारको घटना भए बृहद आन्दोलन गर्ने तिनले चेताउनी दिए।
