नेपाली सङ्गीत जगतका वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको 80 वर्षको उमेरमा आज निधन भयो। विशेष गरेर 70-80 को दशकमा तिनका गीतहरू ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले’, ‘मर्नु बरू गाह्रो हुन्न’, ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’, ‘न मान लाज यसरी’, ‘पर लैजाऊ फुलहरू’ आदि लगायत दर्जनौँ कालजयी गीतहरू खुबै चर्चित थिए। नेपाली चर्चित गायक, नेपाली चलचित्रका पहिलो नेपाली पार्श्व गायक, नेपाली सङ्गीतका महान धरोहर कालजयी स्वरका बादशाह प्रेमध्वज प्रधानको निधनले नेपाली सङ्गीत जगतमा ठुलो क्षति पुर्याएको छ।