वरिष्ठ साहित्यकार तथा पद्मश्री बीबी मुरिङला पञ्चतत्वमा विलिन्

गान्तोक: सिक्किमका वरिष्ठ साहित्यकार तथा पद्मश्री पुरस्कारले सम्मानित बीबी मुरिङला आज पञ्चतत्वमा विलिन् भए। तिनी सिक्किमका प्रथम गायक, नेपाली साहित्यका बाल कविताकार, निबन्धकार, लिम्बु साहित्यका धुरन्धर लेखक लिम्बु पाठ्यपुस्तक र संगीतका कारिगर थिए। पश्चिम सिक्किमको लिङचोममै आज तिनको अन्तिम संस्कार गरियो। गत केही समयदेखि अस्वस्थ रहेका मुरिङलाको उपचारको क्रममा गत 8 जूनको दिन गान्तोकस्थित एसटीएनएम अस्पतालमा निधन भएको थियो। तिनको अन्तिम संस्कार कार्यमा आज राज्यका जनस्वास्थ्य अभियान्त्रिकी विभागीय मन्त्री भीमहाङ लिम्बू, सांसद इन्द्र हाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, सल्लाहकार एमपी सुब्बा, जेबी सुब्बा, बीरेन्द्र तामलिङ लगायत लिम्बू समाजका प्रतिष्ठित व्याक्ति एवम् स्थानीय मानिसहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *