बाघडुग्रा : बाघडुग्रा वन विभागले बर्मा टीक काठले भरिएको एउटा कन्टेनर सहित एकजना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति हरियाणा निवासी मोहम्मद कायामुद्दीनको रूपमा चिन्हित गरिएको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार फुलबारीको क्यानल रोडमा नाका चेकिङ अवधि एउटा कन्टेनरले ब्यारिकेड भत्काएर द्रुत गतिमा त्यहाँबाट चम्पट कस्यो। यसपछि उक्त कन्टेरको पछि गरेर फाँसीदेवाको विधाननगर राष्ट्रिय राजमार्गबाट कन्टेर रोकेर छानबीन गर्दा 50 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ उद्धार गर्नको साथै चालकलाई पनि पक्राउ गरेको छ। उद्धार गरेको काठ असमबाट बिहार तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। वन विभागले घटनाको जाँच शुरू गरेको छ।