बतासीको निःशुल्क लुगा दोकान दुर्गा पुजा अवधि दिनहुँ खोलिने

खोरीबारी : देवीगञ्ज प्राइमेरी स्कुलमा कार्यरत प्रधान शिक्षक विश्वम्भर प्रसादले बतासीमा खोलेको निःशुल्क लुगा दोकान अब दिनहुँ खोल्ने निर्णय लिएका छन्।  शिक्षक विश्वम्भर प्रसादले क्षेत्रका गरिबअसहाय आवश्यकमन्द मानिसहरूको समस्यालाई ध्यानमा राखेर 15 अगस्तको दिन बतासीमा निःशुल्क  लुगा दोकान शुरू गरे। तिनले विभिन्न इलाकाबाट लुगाफाट जम्मा गरेर प्रत्येक आइतबार आवश्यकमन्द मानिसहरूको लागि उक्त दोकान खोलेका छन्। तिनले दुर्गा पुजालाई केन्द्र गरेर आगामी 18 अक्टोबरदेखि 18 नोभेम्बरसम्म उक्त दोकान बिहान दस बजीदेखि अपरान्ह 3 बजीसम्म दिनहुँ खोल्ने बताए। यसरी दिनहुँ दोकान खोल्नाले पुजाको समयमा गरिबअसहाय मानिसहरूले आफ्नो मनपर्ने लुगाफाट निःशुल्क लिन सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *