बतासी रेल लाइन नजिक युवकको शव उद्धार

खोरीबारी : खोरीबारीको बतासी रेल लाइन नजिक एकजना युवकको शव उद्धार भएको छ। मृतक युवक हरेकृष्ण मल्लिकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत साँझ होली खेलेपछि हरेकृष्ण निखोज भएका थिए भने आज बिहान रेल लाइन नजिक तिनको मृतदेह उद्धार गरेको बताइएको छ। मृतकको परिवारका सदस्यहरूको आरोपअनुसार कुनै विषयमा हरेकृष्णको इलाकाको केही युवकहरूसित विवाद भएको साथै ती युवकहरूले घरमा आएर हरेकृष्णको आमा-बाबुलाई धम्की समेत दिएको आरोप रहेको छ। यसपछि आज बिहान खोरीबारीको बतासी रेल लाइन नजिक हरेकृष्णको शव उद्धार भएको छ। छोराको हत्या गरिदिएको मृतकको परिवारका सदस्यहरूले आरोप लगाएका छन्। घटनास्थलमा जीआरपी र खोरीबारी पुलिस तैनाथ गर्नको साथै शव उद्धार गरेर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *