सुकेपोखरी : जोरबङ्लो सुकेपोखरी खण्डको पोख्रेबुङ ग्राम पञ्चायत तीनको मगरजोङ चियाबारी तल्लो विभाग शङ्खमान गाउँ निवासी 60 वर्षीय टीका मगरको घरको निर्माण कार्य आजदेखि शुरू गरिएको छ। स्मरण रहोस्, केही दिन अघि खण्ड विकास अधिकारी समिरुल इस्लामले सोचनीय अवस्थामा रहेको टीका मगरको घरको निरीक्षण गरेपछि घर बनाइदिने वचन दिएका थिए भने आजदेखि तिनको निर्देशमा गाउँलेहरूद्वारा आजदेखि घरको निर्माण कार्य शुरू गरिएको बताइएको छ। उक्त पहलको लागि खण्ड विकास अधिकारीप्रति वृद्धा टीका मगर लगायत गाउँहरूले आभार प्रकट गरेका छन्।
