बीडीओ सामिरूल इस्लामद्वारा जोरबङलो सुकेपोखरी खण्डको ग्राम पञ्चायतहरूमा भ्रमण

सुकेपोखरी: कोरोना भाइरसको प्रकोपलाई केन्द्र गरेर यस विकट परिस्थितिमा जनसाधारणबीच सरकार अनि प्रशासन सदैव साथ रहेको सन्देश सम्प्रेषण गर्दै आज जोरबङलो सुकेपोखरी खण्ड विकास अधिकारी सामिरूल इस्लामले ब्लकको सबै ग्राम पञ्चायतमा भ्रमण गरेर जनसाधारण एवम् आश्वयकमन्द मानिसहरूको अवस्थाबारे जानकारी लिए। राज्यको मुख्यमन्त्री ममता बन्धोपाध्यायको अनुप्रयासमा नागरिकहरूको निम्ति विभिन्न कल्याणकारी योजनाहरू कार्यान्वयन गरिएको छ। उक्त योजनाहरूलाई सठिक अनि सही व्यक्तिसम्म पुऱ्याएउन सरकार तथा खण्ड प्रशासन लागी परेको देखिन्छ । जोरबङलो सुकेपोखरी खण्ड विकास अधिकारी सामीरूल इस्लामले लोवर सोनादा ग्राम पञ्चायत दुई अन्तर्गत रम्बुक चिया बगानमा पनि भ्रमण गरे। यसको साथै दिव्याङ्ग्य मनोज गुरुङसित भेट गरेर तिनको अवस्था बारे जानकारी लिए। मनोज गुरुङ शारीरिक बिकलाङ्ग भए तापनि केही गर्ने आँट तिनीसँग छ। तिनको मनोबल अनि आँट देखेर घरमा बसेर केही आम्दानी गर्न सकुन् भनी रोजगार मुलक योजनामार्फत प्रशिक्षण दिएर स्वरोजगार बनाउने खण्ड विकास अधिकारीले तिनलाई आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *