बेघर भएका 10 परिवारलाई जमीनको कागज प्रदान

सिलगढी: हाईकोर्टको निर्देश पछि गत केही दिन अघि सिलगढी नगर निगमको 40 नम्बर वार्डस्थित गौरंगो पल्लीको अवैध घरहरू भत्काइदिए पछि 10 परिवार घरविहिन भएका थिए। यसबारे सिलगढी नगर निगमका मेयर गौतम देवले राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई यसबारे अवगत गराए पछि मुख्यमन्त्रीको निर्देशमा आज साहुडांगीको गोडामोड़  संलग्न इलाकामा ती 10 परिवार प्रत्येकलाई 3-3 कट्ठा जमीनको कागज वितरण गरियो। मेयर गौतम देवले एउटा कार्यक्रमबीच ती बेघर बनेका परिवारका सदस्यहरूलाई जमिनको कागज प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *