सिलगढी : बेगराज अग्रवालको 5औँ पुण्यतिथिमा भेगा सर्कल मलमा आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा 250 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ। प्रत्येक वर्ष 8 सेप्टेम्बरको दिन बेगराज अग्रवालको पुण्यतिथिमा तिनको स्मरण गर्दै रक्तदान शिविरको आयोजना गर्ने गर्दछ। यसै क्रममा यस वर्ष पनि बेगराज ग्रुप, भेगा सर्कल मल, लायन्स क्लब अफ सिलगढी ग्रेटर र लायन्स क्लब अफ उत्तरायण सेन्टेनियलको सहयोगमा आज रक्तदान शिविरको आयोजना गरिएको छ। यसको साथै विविध सामाजिक कार्यक्रमको पनि आयोजना गरिएको छ।
