बेलाकोवाको शिकारपुरस्थित मार्केट कम्प्लेक्सको परित्यक्त अफिसमा आगलागी

राजगञ्ज (निसं): बेलाकोवाको शिकारपुरस्थित मार्केट कम्प्लेक्सको एउटा परित्यक्त अफिसमा आगो लागेपछि इलाकामा फैलियो हो-हल्ला। आज राजगञ्ज ब्लक अन्तर्गत बेलाकोवाको बटतला मार्केट कम्प्लेक्सको परित्यक्त अफिसमा स्थानीय मानिसहरूले धुँवा निस्केको देखे। यसपछि स्थानीय मानिसहरूले तत्कालै बाल्टीमा पानी लिएर आगोलाई निभाउने प्रयास गरे। अर्कोतिर, घटनाको जानकारी पुलिसलाई दिएपछि बेलाकोवा आउटपोस्ट पुलिस घटनास्थलमा आइपुगेको थियो।  यसैगरी, जलपाईगढीबाट दमकलको एक गाडी घटनास्थलमा आपुगेपछि स्थानीय मानिसहरूको सहयोगमा आगोलाई पूर्ण नियन्त्रणमा ल्याइयो। उक्त आगलागीको घटनामा कसैलाई पनि कुनै मानवीय क्षति नभएको जान्नमा आएको छ। बेलाकोवा आउट पोस्ट पुलिसले आगो कसरी लाग्यो भन्ने विषयमा जाँच शुरू गरेको छ।  


 

 


 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO