राजगञ्ज : बेलाकोवामा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। बेलाकोवाको कलेजपाडामा विद्रोही संघको पहल तथा सिलगढी ग्रेटर लायन्स आई हस्पिटलको सहयोगितामा आज उक्त आँखा जाँच शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा धेरैजना मानिसहरू आँखा जाँच गराए। क्लबका सदस्य अमलेन्दु भौमिकले बताएअनुसार क्लबको तर्फबाट आज निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा स्थानीय धेरैजना असहाय मानिसहरूको आँखा जाँच गराए भने तीमध्ये केही मानिसहरूलाई निःशुल्क मोतिविन्दुको अपरेसनको व्यवस्था गरिनेछ। आगामी दिनमा पनि यस प्रकार शिविरको आयोजना गरिने तिनले बताए।
