बेङ्गाल सफारी पार्कमा 15 अप्रेलदेखि एडभेन्चर स्पोर्ट्स शुरू गरिने

सिलगढी : बङ्गाली नववर्षको अवसरमा बेङ्गल सफारी कर्तृपक्षले पर्यटकहरूलाई एडभेन्चर स्पोर्टस उपहार स्वरूप दिइने भएको छ। आगामी 15 अप्रेलदेखि बेङ्गल सफारी पार्कमा पर्यटकहरूले वन्य प्राणीहरूलाई हेर्नको साथै एडभेन्चर स्पोर्टस्‌मा पनि अंश ग्रहण गर्न सक्नेछन्। यहाँ घुम्न आउने पर्यटकहरूले लङ-सर्ट जिप लाइन, बर्मा ब्रिज भएर पार्कमा घुम्न पाउनेछन्। एडभेन्चर स्पोर्ट्स शुरू गर्न अगावै उक्त पार्कका 8 जना कर्मचारीहरूलाई दार्जिलिङ हिमालयन माउन्टेन इन्स्टिट्युटमा 5 दिनको प्रशिक्षण दिइयो। उक्त एडभेन्चर स्पोर्ट्समा अंश ग्रहण गर्नको लागि पर्यटकहरूले टिकट काट्नु पर्नेछ, जसको मूल्य 100 रुपियाँ रहेको छ। 12 वर्षमुनिकाहरूले उक्त एडभेन्चर स्पोर्ट्समा अंश ग्रहण गर्न नपाउने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *