सिलगढी : घोषपुकुर वन विभागले बर्मा टीक काठ सहित 3 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू उत्तरप्रदेश निवासी हमिन खान, राम विलास पाल र रोहित सामेल छन्।
गोप्य सूचनाको आधारमा घोषपुकुर वन विभागले नक्सलबारी हात्तीघिसा टोल प्लाजा इलाकामा अभियान चलाएर बाँस बोकेको 2 वटा कन्टेनरलाई रोकेर छानबीन गर्दा बर्मा टीक काठ उद्धार गरेको बताइएको छ। उक्त कन्टेनर अरूणाचलबाट बिहारतर्फ गइरहेको थियो भने उद्धार गरेको काठको बजार मूल्य लाखौँ रुपियाँ रहेको बताइएको छ।