खोरीबारी (निसं): वेतन वृद्धिको मागमा आशा कर्मीहरूले खोरीबारी-सिलगढी राजकीय सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरे। पश्चिमबंग आशाकर्मी युनियनको तर्फबाट आज राज्यभरिमा झैँ यता खोरीबारीमा पनि आशा कर्मी युनियनले विरोध प्रदर्शन गर्यो। पछि पुलिसको अनुरोधमा आशा कर्मीहरूले पथ अवरोध हटाए। आशा कर्मी युनियनको आरोप अनुसार कोलकातामा विरोध प्रदर्शन अवधि 50 जना आशा कर्मीहरूलाई पक्राउ गरेको छ। तिनीहरूलाई सम्मानपूर्वक चाँडै रिहा गरियोस्। आशा कर्मी युनियनको खोरीबारी ब्लक अध्यक्ष नमिता सूत्रधरले भनिन्, वेतन बढोतरीको मागमा आजदेखि हडताल शुरू भएको छ भने युनियनको निर्देशपछि मात्र हडताल समाप्त गरिनेछ।