सिलगढी, 8 फरवरी (निसं): भत्तामा वृद्धि लगायत विभिन्न मागहरूको समर्थनमा पश्चिमबंग आँगनबाडी कर्मी सहायिका कल्याण समितिले सिलगढी शहरमा विरोध रैली निकालेर यहाँको एसडीओ कार्यालय अभियान चलायो। आज आँगनबाडी कर्मीहरूले सिलगढीको गाँधी मूर्तिदेखि एउटा विराट रैली निकाले अनि यसपछि एसडीओ कार्यालयमा अभियान चलाए। उक्त कार्यक्रममा पहाड र समतल क्षेत्रका लगभग 300 भन्दा अधिक आँगनबाडी कर्मीहरूले सहभागिता जनाएका थिए। मूलत: यो अभियान भत्ताको मागसहित अन्य विभिन्न मागहरूको समर्थनमा गरिएको थियो। आँगनबाडी कर्मीहरूले आफ्नो मागहरू चाँडो पूरा नगरेमा व्यापक आन्दोलन गर्ने चेतावनी दिएका छन्।