सिलगढी, 4 मार्च (निसं): एआईडीएसओ-ले चार वर्षे डिग्री कोर्स रद्द गरिनु पर्ने, लोकतान्त्रिक छात्र परिषदको चुनाउको घोषणा, शिक्षणसँग सम्बन्धित सबै पहलुहरूमा लागत घटाउने, कलेजको आधारभूत संरचनाको विकास र प्राध्यापकहरूको नियुक्ति, मातृभाषामा प्रश्न पत्र लेख्ने, निश्चित समयमा सेमेस्टर, स्थायी कुलपतिको नियुक्ति आदि जस्ता माग गर्दै उत्तरबंग विश्वविद्यालयमा अभियान चलायो। एआईडीएसओ-का नेता अनि कार्यकर्ताहरूले आज एउटा रैली निकालेर उत्तरबंग विश्वविद्यालय पुगे, तर पुलिसले रैलीलाई गेटको अगाडी नै रोकिदियो। पुलिसले बाधा पुऱ्याएपछि एआईडीएसओ-का नेताहरू र कार्यकर्ताहरूले सडकमैं विश्वविद्यालय अधिकारीलाई एउटा ज्ञापन बुझाए। संगठनका राज्य सचिव विश्वजीत रायले भने, “हामीलाई रोकेर पनि विश्वविद्यालयका अधिकारी सडकमा आएर ज्ञापन लिए। यो हाम्रो लागि एउटा नैतिक जीत हो।”