विभिन्न मांगलाई लिएर सुश्रुत नगर नागरिक मञ्चद्वारा उत्तरबंग मेडिकलको प्रिन्सिपल कार्यालय अघि धरना प्रदर्शन

सिलगढी, 9 सितम्बर (निसं): विभिन्न मांगको समर्थनमा सुश्रुत नगर नागरिक मञ्चका सदस्यहरू उत्तरबंग मेडिकल कलेज एवं अस्पतालका प्रिन्सिपलको कार्यालय अघि धरनामा बसेका छन्। आज संगठनका सदस्यहरूले प्रिन्सिपल मार्फत मुख्यमन्त्री ममता ब्यानर्जीलाई एउटा ज्ञापन सुम्पेको छ। आरजी कर मामिलामा दोषीहरूलाई अविलम्ब सजाय लगायत अन्य मांगहरूलाई लिएर सुश्रुत नगर नागरिक मञ्चले आज उत्तरबंग मेडिकल कलेज एवं अस्पतालको प्रिन्सिपल कार्यालय अघि धरना प्रदर्शन गरे। तिनीहरूले उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई दन्डित गरिनु पर्ने, परीक्षा प्रणालीमा पारदर्शिता ल्याउनु पर्ने, छात्राहरूको सुरक्षा सुनिश्चित गरिनु पर्ने आदि जस्ता मांग गरेका छन्। आज तिनीहरूले प्रदर्शन गर्नको साथै प्रिन्सिपलको माध्यम राज्यका मुख्यमन्त्रीलाई एउटा ज्ञापन पनि सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom