भागोप्रमो कालेबुङ जिल्ला समितिको सभा सम्पन्न

कालेबुङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालेबुङ जिल्ला समितिको एउटा महत्त्वपूर्ण सभा स्थानीय पार्टी कार्यालयमा आज सम्पन्न भयो। सभामा कालेबुङबाट केन्द्रीय समितिमा मनोनीत भएका सदस्यहरू लगायत भारप्राप्त पदाधिकारीहरूलाई आज कालेबुङ जिल्ला समितिमा औपचारिक स्वागत जनाइयो। कालेबुङ जिल्ला समितिका कार्यकारी अध्यक्ष रोशन राईको सभापतित्वमा सम्पन्न सभामा नव नियुक्त केन्द्रीय उपाध्यक्ष तथा कालेबुङका विधायक रुदेन लेप्चा, कालेबुङ नगराध्यक्ष तथा केन्द्रीय समिति सदस्य रवि प्रधान, केन्द्रीय समिति सहसचिव सञ्चवीर सुब्बा, नवनियुक्त नारी शक्ति  केन्द्रीय महासचिव प्रतिभा कुमाई, वरिष्ठ अधिवक्ता दिनेश चन्द्र पौड्याल, कमल गिरी, खेलकुद विभागका केन्द्रीय सांगठनिक सचिव नवाङ भोटिया, राजेन भेटवाल, कालेबुङ जिल्ला अध्यक्ष सीबी गुरुङ, विद्या सिंह, गोरुबथान महकुमा समिति अध्यक्ष एचबी छेत्री, जिल्ला समिति महासचिव विनय घिसिङ आदि विशेष रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *