भागोप्रमो-को स्थापना दिवसको अवसरमा बिमारीहरूलाई हर्लिक्स र खानाहरू वितरण

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसको अवसरमा हाल खरसाङमा तीन दिनव्यापी स्थापना दिवस कार्यक्रम सम्पन्न भइरहेको छ। यसै क्रममा दोस्रो दिन आज खरसाङ महकुमा अस्पतालमा उपचाराधिन अवस्थामा रहेका बिमारीहरूलाई हर्लिक्स र खानाहरू वितरण गरियो। उक्त वितरण कार्यमा नारी शक्ति केन्द्रीय समितिको अध्यक्षा अनु प्रधान र खरसाङका नारी शक्तिका प्रतिनिधिहरू उपस्थित थिए। नारी शक्तिका प्रतिनिधिहरूले खरसाङ अस्पतालको विभिन्न वार्डहरूमा उपचाराधिन अवस्थामा रहेका बिमारीहरूलाई हर्लिक्स र खानाहरू वितरण गरे। नारी शक्ति केन्द्रीय अध्यक्ष अनु प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसको अवसरमा खरसाङ महकुमा अस्पतालमा हर्लिक्स र खानाहरू वितरण गरेको बताएकी छन्। तिनले हर्लिक्स वितरण गर्नु ठूलो कुरा होइन तर पार्टीको स्थापना दिवस र पार्टी अध्यक्ष अनित थापाको निर्देशन अनुसार अनि तिनको भिजनलाई लिएर यसरी वितरण गरिएको जानकारी गराइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *