दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चा पार्टीको शहर समिति युवा मोर्चा अध्यक्ष सोभित राईले आज दार्जिलिङमा प्रेस भेलालाई सम्बोधन गर्दै एकै परिवारका 16 जना शिक्षक भर्ना गरेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई आरोप लगाएका छन्। तिनले जीटीए प्रमुख कार्यपाल अनित थापाले पहाडमा शिक्षक नियुक्तिबारे दिएको टिप्पणीको पनि खण्डन गर्दै शिक्षा प्रक्रियामाथि भएको घोटालालाई लिएर गोजमुमो युवा मोर्चा अब मैदानमा ओर्लिने चेतावनी पनि दिएका छन्।