दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आज 2023 वर्षको क्यालेन्डर सार्वजनिक गर्यो। उक्त क्यालेन्डर जीटीए क्षेत्रको घर घरमा पुर्याइने पार्टीका महासचिव अमर लामाले बताए। यस अवसरमा तिनले भने, 2023 साललाई आफूहरूले पञ्चायती राज वर्ष भनी मनाउँदैछौ। धेरै वर्षको अन्तरालपछि पार्टी अनि पार्टीको अध्यक्षको अथक पहलपछि राज्य सरकारले पहाडमा पञ्चायती चुनाउ गराउने भएको हो। त्यसैले हामीले यो वर्षलाई पञ्चायती राज वर्षको रूपमा मनाउँदैछौ भनी अमर लामाले बताए।