भागोप्रमो सौरेनी समष्टिद्वारा जोइन्ट बीडीओ-लाई ज्ञापन

मिरिक (निसं):  भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सौरेनी समष्टिको तर्फबाट आज बिहिवार मिरिक संयुक्त खण्ड विकास अधिकारीलाई भेटेर एउटा ज्ञापन पत्र चढाए। उक्त ज्ञापनमा पार्टीको तर्फबाट प्रतिनिधि टोलीका सदस्यहरूले मनरेगा मार्फत विगतमा भएको 100 दिने कार्यको हाजिरा जब कार्डधारीहरूले अझसम्म पाउन नसकेको अवगत गराउँदै यसको चाँडो भुक्तान गरिदिने माग गरेको छ। ज्ञापन पत्रमा विगत 2021/2022 को वार्षिक परियोजना अन्तर्गत ग्राम पञ्चायत क्षेत्रका विभिन्न गाँउहरूमा मनरेगाको कार्य भएको तर गत दिसम्बर महिनादेखि काम गर्नेहरूले हाजिरा अझसम्म पाउन नसकेको जानकारी गराउँदै यसको हाजिरा चाँडो वितरण गरिदिने माग गरिएको छ। मिरिकको संयुक्त खण्ड विकास अधिकारीलाई ज्ञापन पत्र बुझाउन जाने प्रतिनिधि टोलीमा भागोप्रमो मिरिक सौरेनी समष्टि अध्यक्ष सुनिल प्रधान, महासचिव विनय सुब्बा, केन्द्रीय सदस्यहरू बिदुर गुरूङ, सतीस थापा, युवा शक्ति समष्टि अध्यक्ष दिपेन राई, सचिव सुमिरण बरदेवा, दुर्गनारायण प्रधान, विशाल राई, किरण राई आदि थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *