राजगञ्ज : भाजपा छोडेर 15 परिवार तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। शिकारपुर अञ्चल तृणमूल कङ्ग्रेस कमिटीको पहलमा आज समर्थन सभाको आयोजना गरियो। राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको पानाशगढी आमेरबारी बुथको जाओला गाउँका केही मानिसहरू जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसका चेयरम्यान तथा राजगञ्जका विधायक खगेश्वर रायको नेतृत्वमा आज भाजपा छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएको हो। राजगञ्ज ब्लक तृणमूल कङ्ग्रेस सभापति अरिन्दम ब्यानर्जीले भने, मुख्यमन्त्री ममता ब्यानर्जीको विकासमूलक कार्यहरू देखेर आज 15 परिवार तृणमूलमा सामेल भएको हो। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितिका सभापति पूर्णिमा राय, राजगञ्ज ब्लक तृणमूल कङ्ग्रेस युवा उपाध्यक्ष रणबीर मजुमदार, शिकारपुर अञ्चलका उपप्रधान अमलेन्दु भौमिक लगायत अन्य उपस्थित थिए।