मिरिक: रोहित देवानको नेतृत्वमा मिरिक सौरेनी समष्टिका 22 परिवार भाजपा छोडेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। यस अवसरमा रोहित देवानले बताएअनुसार भाजपाले गोर्खाको निम्ति केही गर्छ भन्ने भाजपाको चुनावी घोषणालाई पत्याएर हामी भाजपामा सामेल भएका थियौं तर भाजपाले दिएको वचन आजसम्म एउटै पनि पुरा भएको छैन। भाजपाले झुट मात्र बोलेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापासित आफूहरूले पहिला पनि काम गरेको बताउँदै तिनको सरल अनि यथार्थ कार्यको देवानले खुलेर प्रशंसा गरे। तिनको सोच अनि कार्यलाई हेरेर नै आफूहरू 22 परिवारले भाजपा त्यागेर तिनको राजनीतिक पार्टी प्रतिनिधिहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाएको देवानले बताए। भविष्यमा अझ धेरै परिवारहरूले भाजपा त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुने तिनले अवगत गराए।
