कालेबुङ : भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला समितिले पार्टीलाई विस्तारित अनि सुदृढ़ीकरण गर्दै नयाँ पदाधिकारीहरू नियुक्त गरेको छ। जिल्ला अध्यक्ष प्रो. कल्याण देवानद्वारा हस्ताक्षरित नियुक्ति-पत्र अनुसार जिल्ला उपाध्यक्ष पदमा किशोर सिंह, विनोद मोक्तान, सावन राई, शुभ प्रधान, एलएम लामा अनि सन्तोष रसाईलीलाई नियुक्त गरिएको छ। यसैगरी, महासचिवको रूपमा सुजेन्द्र राई, आनन्द गुरूङ, तुलसी प्रधान र सञ्जय विष्टलाई नियुक्त गरिएको छ। यस वाहेक, सचिव पदमा उमेश राई, पीसी थापा, सोनाम लामा, प्रदीप छेत्री, राजु राई, आशीष वाङदेल र विजय तामाङलाई नियुक्त गरिएको छ भने कार्यालय सचिवको पदमा प्रेम छेत्री र कृष्ण बराइलीलाई नियुक्त गरिएको छ। अन्नपूर्ण चतुर्वेदी, सरिता राई, गोपाल छेत्री, रोशनी ठकुरी, विजय सुब्बा, विनिता सुब्बा, बिनु राई, विशन सुब्बा, कमल कुमार शर्मा, उर्गेन तामाङ, डीके शर्मा, निपचेन गोले लगायत 70 भन्दा अधिकलाई जिल्ला समिति सदस्यको रूपमा नियुक्त गरिएको छ। यसैगरी समितिमा 10 जनालाई आमन्त्रित सदस्यको रूपमा नियुक्त गरिएको छ जसमा दार्जिलिङका सांसद राजु विष्ट, मनोज देवान, खरसाङका विधायक बीपी बजगाईं, स्वराज थापा, राजु प्रधान, प्रमोद छेत्री, लियो राई, बबिता मंगर, राजु गुरूङ र रजनी पोख्रेल सामेल छन्।
