चोपड़ा: चोपड़ाको विभिन्न बुथमा आफ्नो पार्टीको पोलिङ एजेन्ट राख्न नपाएको भाजपाको आरोप रहेको छ। आज चोपड़ा विधानसभाका भाजपा उम्मेद्वार शाहीन अख्तरले आरोप लगाउँदै भाजपाको पोलिंग एजेन्टहरूलाई विभिन्न बुथहरूमा भित्र बस्ने अनुमति नदिएको तृणमूल कङ्ग्रेस विरूद्ध आरोप लगाए। तिनले यसपछि रामगञ्ज थानामा गएर पुलिस सुरक्षाको माग गर्दै मतदान एजेन्टहरूलाई बुथमा राख्ने प्रयास गरेको देखियो। आज बिहान भाजपा उम्मेद्वार शाहीन अख्तरलाई धेरै समयसम्म रामगञ्ज थानामैं बसिरहेको देखियो। अर्कोतिर, संयुक्त मोर्चाका उम्मेदवार अनवारुल हकले पनि यस्तै आरोप लगाएका छन्। तिनले भने, मेरो पोलिंग बुथका एजेन्टहरूलाई विभिन्न ठाउँमा बुथमा बस्ने अनुमति दिएको छैन्। तिनीहरूलाई अन्य पार्टीका मानिसहरूले विभिन्न तरिकाले धम्कीहरू दिइरहेको छ।
