खोरीबारी: भारतीय जनता पार्टी खोरीबारी – बुढागञ्ज ब्लकको तर्फबाट आज ‘गणतन्त्र बचाऊ’-लाई लिएर पदयात्राको आयोजना गरियो। उक्त पदयात्रा यहाँको पार्टी कार्यालयबाट शुरू भएपछि विभिन्न स्थानहरूको भ्रमण गऱ्यो। यस अवधि सिलगढीका विधायक शंकर घोष, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, फाँसीदेवाका विधायक दुर्गा मुर्मू, भाजपा सिलगढी जिल्ला साङ्गठनिक सचिव दिलीप बारोई, नेशनल काउन्सिल मेम्बर गणेश चन्द्र देवनाथ, मण्डल अध्यक्ष कल्याण कुमार प्रसाद, महासचिव शक्तिजय बारोई, युवा मोर्चा मण्डल अध्यक्ष तरुण सिंह, महासचिव सञ्जय राय, महिला मोर्चा मण्डल अध्यक्ष सुलाता सरकार, किसान मोर्चा मण्डल अध्यक्ष प्रदीप बर्मन लगायत धेरै संख्यामा कार्यकर्ताहरू उपस्थित थिए। ‘गणतन्त्र बचाऊ’-नाराको साथमा निकालिएको पदयात्राले खोरीबारीको विभिन्न स्थानको परिभ्रमण गऱ्यो।
