सिलगढी, 23 अगस्त (निस): राज्यको विभिन्न ठाउँमा झै यता सिलगढीमा पनि आज भाजपाले थाना घेराउ कार्यक्रम गऱ्यो। सिलगढी सांगठनिक जिल्लाको 2, 3, 4, 5 नम्बर मण्डलको तर्फबाट सिलगढी थाना घेराउ गरेर विरोध प्रदर्शन गऱ्यो। भाजपाको रैलीलाई रोक्नको लागि सिलगढी थाना सामु धेरै संख्यामा पुलिस बल तैनाथ गरिएको थियो। भाजपा कार्यकर्ताहरूले ब्यारिकेड भत्काएर भित्र पस्ने प्रयास गर्दा पुलिस अनि भाजपा कार्यकर्ताहरू बीच हाथापाई शुरू भयो। यसपछि भाजपा कार्यकर्ताहरूले थाना अघि सडकमा बसेर विरोध प्रदर्शन गरे। यस अवधि सिलगढीका विधायक शंकर घोष, भाजपा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष अरुण मण्डल लगायत अन्य भाजपा कार्यकर्ताहरू उपस्थित थिए।