नक्सलबारी: भारतीय जनता पार्टीले राज्यभरिमैं बोलाइएको 12 घण्टा बन्द अवधि आज यता नक्सलबारी क्षेत्रमा पनि कुनै प्रकारको प्रभाव परेको देखिएन। आज बिहानैदेखि सदा झैं सामान्य रूपमा साना-ठुला सबै वाहनहरूको चलाचल रह्यो भने यहाँका सबै दोकान पाट खुल्लै देखियो। यस वाहेक यहाँको सबै स्कूल कलेज खुल्ला नै रह्यो भने सरकारी कार्यालयहरूमा पनि कर्मचारीहरूको उपस्थिति सदा झै रहेको देखियो। अर्कोतिर, पुलिस सूत्रले जनाए अनुसार भाजपाले बोलाएको बन्द अवधि आज नक्सलबारी क्षेत्कमा हुनसक्ने कुनै प्रकारको अप्रिय घटनालाई रोक्नको लागि ट्राफिक डीएसपी लगायत नक्सलबारी सर्कल इन्स्पेक्टर अनि नक्सलबारी पुलिसका जवानहरूलाई अलर्ट राखिएको छ।