भाजपाले नै पहाडको समस्या समाधान गर्नेछ : अमित शाह

दार्जिलिङ : गोर्खाहरूको स्थायी राजनैतिक समस्याको समाधान तथा 11 जात गोष्ठीलाई जनजातिको मर्यादा एकमात्र भाजपा सरकारले दिलाउने कुरा आज पुनः दार्जिलिङमा दोहोराए केन्द्रीय गृहमन्त्री अमित शाहले। दार्जिलिङ पहाडको तीन आसनमा खडा गरेको भाजपा प्रार्थीहरूको समर्थनमा दार्जिलिङको लेबुङस्थित स्टेडियममा सम्पन्न चुनावी जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री अमित शाहले गोर्खाहरूको विविध समस्याहरूको समाधान गरिदिने आश्वासन दिए। तिनले राज्यमा भाजपा सरकार आएको खण्डमा अहिले नै एनआरसी लागू गरिने कुनै योजना नरहेको साथै यदि भविष्यमा एनआरसी लागू भए तापनि भारतीय गोर्खाहरूलाई यसले कुनै प्रकारको असुविधा नहुने दावी गरे। राज्यको सत्तारूढ तृणमूल नेत्री ममता ब्यानर्जीले भोट हत्याउनको लागि यस प्रकारको दुष्प्रचार गरिरहेको शाहले आरोप लगाए। गोर्खाहरूको देश सुरक्षाको निम्ति छुट्टै महत्व रहेकोबारे सबै भारतीयहरू अवगत नै छन् भन्दै अन्य नागरिकहरूको झैँ यस भूमिमा गोर्खाहरूको पनि समान अधिकार रहेको छ भनी तिनले बताए। देश स्वतन्त्र भएर गए तापनि बङ्गालमा शासन गर्ने कङ्ग्रेस, वामफ्रन्ट सरकार अनि अहिले तृणमूल सरकारले दार्जिलिङलाई कुनै प्रकारको विकासमूलक कार्यहरू नगरेर केवल घुम्न आउने मनोरञ्जनको साधन मात्र बनाएको आरोप लगाउँदै बङ्गालमा अब भाजपा सरकार आएपछि यहाँको विशेष गरेर पिउने पानीको समस्या, पर्जापट्टाको समस्या, बाटो-घाटो आदि सबै समस्याहरू पुरा गरिदिने तिनले बताए।


भारत स्वतन्त्र भएपछि नै दार्जिलिङ शिक्षाको प्रमुख केन्द्र रहे तापनि सत्तारूढ सरकारले शिक्षालाई लिएर लापर्वाही गरेकोले गर्दा नै हाल यहाँको विश्व प्रसिद्ध शिक्षाको बिग्रन्दो परिस्थिति बन्न पुगेको छ भन्दै अब 2 मईको चुनाउ परिणामपछि राज्यको डबल इञ्जन भाजपा सरकारले शिक्षालाई अझ उन्नत र विकास गरेर लैजाने बताए। तिनले दार्जिलिङलाई विश्व प्रसिद्ध शिक्षाको हब बनाउने दावी गर्दै उत्तर बङ्गालमा अझ एउटा युनिभर्सिटी निर्माण गरिने बताए। यसबाहेक दार्जिलिङ म्युनिसिपालिटीलाई बढोत्तरी गरेर म्युनिसिपल कर्पोरेसनमा बढोत्तरी गरिने, बङ्गालमा नेपाली भाषालाई सरकारी भाषाको रूपमा प्रयोग गरिने लगायत चियाकमानमा कार्यरत श्रमिकहरूको दैनिक हाजिरा बढोत्तरी गरेर 350 रुपियाँ गरिने, सिन्कोना बगानलाई हर्बल मेडिकल हबको रूपमा बनाइने, वन एक्ट 2006 अनुसार दार्जिलिङ र कालेबुङ जिल्लामा वन अञ्चलमा बसोबासो गर्नेहरूलाई अधिकार दिलाउने, डीआई फन्डमा बस्नेहरूलाई जमिनको मालिकाना हक दिलाउने लगायत दार्जिलिङको पर्यटनलाई अझ बढावा दिएर यसको विकास गरिने आदि जस्ता कुराहरूबारे उपस्थित हजारौँ संख्यामा भेला भएका मानिसहरूलाई अमित शाहले आश्वासन दिए। गोर्खा र भाजपाको गठबन्धन तपाईँ हामीहरूले बनाएको होइन तर भगवानले बनाएको हो। हाम्रो एकतालाई दिदीले तोड्ने प्रयास गरिरहेको छ। यसैले आगामी 17 अप्रेलको दिन सम्पन्न हुने चुनाउमा एकताको परिचय दिँदै पहाडको तीनैवटा आसनमा सबैजनाले कमलको चिन्हमा भोट दिएर भाजपालाई विजय बनाउने तिनले सबैसित अपील गरे। आजको चुनावी जनसभामा पहाडका तीनै आसनका भाजपा प्रार्थीहरू लगायत दार्जिलिङका सांसद राजु विष्ट, गोरामुमो अध्यक्ष मन घिसिङ, गोर्खालीगका प्रताप खाती, क्रामाकपा अध्यक्ष आरबी राई, शारदा छेत्री तथा भाजपा दार्जिलिङ जिल्लाका शीर्ष नेतृत्वहरू उपस्थित थिए।         


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş