सिलगढी : सिलगढी सांगठनिक जिल्ला भाजपा महिला मोर्चाले राज्यभरिमै महिलाहरूसित दुष्कर्म, हत्या तथा अत्याचारको आरोप लगाउँदै सिलगढीको हाशमी चौकमा दुई दिवसीय धरना कार्यक्रमको आयोजना गर्यो। भाजपा महिला मोर्चाकी प्रदेश अध्यक्ष फाल्गुनी पात्रा आजको कार्यक्रममा मुख्य रूपमा उपस्थित थिइन्। भाजपा महिला मोर्चाकी प्रदेश अध्यक्ष फाल्गुनी पात्राले मणिपुरको घटनाबारे भनिन्, यस राज्यमा दिनहुँ दुष्कर्मजस्ता घटना भइरहेको छ। तर हाम्रो दिदी विरोध गर्न मणिपुर जाँदैछिन्। यहाँ बलात्कृत र अपमानितहरूको लागि मुख्यमन्त्री के गर्दैछ? जहाँ अराजकता सृजना हुन्छ जहाँ लोकतन्त्रको दमन हुन्छ, त्यहाँका मुख्यमन्त्रीले जिम्मेवारीको साथमा राजीनामा दिनुपर्छ।